२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा साम्प्रदायिकताको कुनै स्थान छैन: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ ।

कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सिप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनु भयो । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘तापक्रमको हिसावले, बसाईको हिसावले नेपाल स्वर्ग हो । कामको हिसावमा हामी विदेशमा जानु परेको छ । जाने बाध्यता हुन्छ । परिस्थिति हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं । स्वदेश फर्किदा केही ज्ञान, केही सिप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं । तर कहिलेकहिले कस्तो हुन्छ भने कुन उत्साहका साथ फर्किएर आयो । यहाँ एक्लै परिन्छ । गाउँका खेत उस्तै छन । अझ बाँझा । बारी उस्तै छन । अझ बाँझा । अझ रुखा भएका हुन्छन । अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती । भएको उद्योग पनि सिद्धिएर उद्योगविहिनताको स्थिति । यस्तो स्थितिमा मान्छे एक्लो महसुस गर्छ ।

यस्तो अवस्थामा तपाईहरुले रिटर्नी फेडेरेशन भनेर देश भरीका दुई वर्ष भन्दा बढि बाहिर रहेर घर फर्किएकाहरुको संगठन बनाउनु भएको छ । देशव्यापी संगठन, जसले गर्दा यस संगठनले अर्को एउटा काम गरे हुन्छ । रिटर्नीका बेथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन । समाधान मिलेर गर्नु पर्छ । यहाँ साम्प्रदायिकताको ठाउँ छैन । साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन । रिटर्नी फेडेरेशनले बुझेको छ । कि हामी पूर्वको होस कि पश्चिमको । उत्तरको होस की दक्षिणको । निर्माण कार्यमा होस कि उत्पादन कार्यमा । जे सुकैमा लागेको भएपनि संगठित ढंगले सामूहिक रुपले हाम्रा क्षमताहरु, स्रोतहरु, साधनहरुको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढनु पर्दछ । र, हाम्रो आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउने मात्रै होइन, अरु स्थानीय वा देशवासीहरुको समस्या पनि समाधान गर्नु पर्दछ भनेर तपाईहरुले संगठन बनाउनु भएको छ ।’

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यक्ता रहेको पनि औंल्याउनु भयो ।