२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको कटाक्षः राष्ट्रपतिभन्दा भन्दा बढी केपी ओलीको कार्यकर्ता बन्नुभयो



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपतिको भूमिका केपी ओलीको कार्यकर्ता जस्तो रहेको आरोप लगाएका छन् ।

शनिबार पत्रकारसँग अन्तरक्रियामा बोल्दै   विपक्षी गठबन्धनका नेता समेत रहेका देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेपनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाएका हुन् । 

'राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो ।' उनले भने ।