२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाउँदा बालिका बेपत्ता



प्रतीकात्मक तस्बिर
अ+ अ-

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु रहेकी छन् ।

दिउँसो गाइ चराउन गोठालो गएको बेला गण्डिगाड खोलाले बगाउँदा निज बालिका बेपत्ता भएकी हुन् । 

बेपत्ता बालिकाको खोजीका लागि प्रहरी चौँकी सानागाउँबाट प्रहरी नायव निरीक्षक नारायणदत्त बडुको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोलामा बाढी आएको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।