१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

एमाले अध्यक्ष ओलीको कटाक्ष: सरकारलाई सुझाव दिनु ‘भैंसीलाई वीन बजाए’ जस्तै हो

एमाले अध्यक्ष ओलीको कटाक्ष: सरकारलाई सुझाव दिनु ‘भैंसीलाई वीन बजाए’ जस्तै हो
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताउनु भएको छ ।

भैंसीको अगाडि वीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुग्नु भएका उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरुले दिएको सुझावको मतलव नै नराख्ने जिकीर समेत गर्नु भयो ।

अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रुपमा भित्र्ने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । त्यसैगरी उहाँले नेपाली उद्योगको प्रवद्र्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘हुनत अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दीमा एउटा भन्छ: भैसके आगे विन बझाए, भैस रहे पगुराए भन्छ । भैसीको अगाडि विन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलव राख्दैन । त्यस्तै हो । अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि । हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फस्र्यौट गर्नु एउटै कुरा हो । तपाईहरुको अघि मैले भने नि । ५०/५३ प्रतिशत त लुटेकै छ नि त । अव त्यो नरोकिन । विदेशी जुत्ता त्यति सस्तोमा पाउने भएपछि त्यतै मान्छे आकर्षित हुन सक्छ । स्वदेशी उत्पादनले संरक्षण पाएको छैन अहिलेसम्म । त्यसलार्इं संरक्षण दिनु पर्छ । त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था र यसमाथिको भ्रष्ट हस्तक्षेप नेपाली उत्पादनमाथिको भ्रष्ट हस्तक्षेप त्यो व्यापारिक क्षेत्र र सरकारी क्षेत्र भएको छ । त्यसलाई रोक्नु पर्दछ ।’

ओलीले स्वदेशी बस्तुको उत्पादनमा बढावा दिनका लागि सरकारले नै स्वदेशी बस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताउनु भयो । त्यसक्रममा उहाँले नेपाली जुत्ता–चप्पलका सबै ब्राण्डहरुको रुचिपूर्वक अवलोकन गर्नु भएको थियो ।