२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रधानमन्त्रीबाट गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम छर्ने र दिउँसै रात पार्ने काम भयोः प्रचण्ड

प्रधानमन्त्रीबाट गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम छर्ने र दिउँसै रात पार्ने काम भयोः प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्काउने गरेको दाबी गर्नुभएको छ । 

संघीय संसद भवन नयाँवानेश्वरमा सनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसंग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले महान्यायधीवक्ता मार्फत न्यायलयलाई धम्काउने र थर्काउने काम गरेको दाबी गर्नुभयो । अदालतको फैसला पहिले नै आफुलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफुहरु न्यायलयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीले धम्क्याउन थालेका छन् अदालतलाई । थर्काउन थालेका छन् । कहिले महान्यायधीवक्ताबाट, कहिले आफै । मेरो सेटिङ्गमा नेपाल चलेको भए त । सर्वोच्चले संविधान र ऐन कानुनको व्यवस्था अनुसार फैसला गर्छ । लोकतन्त्रका मुल्य मान्यता अनुसार फैसला गर्छ । गर्नुपनि पर्छ । त्यसअनुसार गर्दा हेर्नुहोला केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ भन्छु म । यो सेटिङबाट भनेको हो र मैले ? हेर्नुहोला त्यही हुन्छ भन्छु म । अनि भयो भनेदेखि लौ प्रचण्डले त पहिलेही भनेको थियो । त्यही भयो । यस्तो पनि हुन्छ र लोकतन्त्रमा राजनीतिक स्वतन्त्रतामा ? ” आफुले भन्दै नभनेको कुरालाई बनाएर भन्ने र जनतामा भ्रम फिँजाउने काम प्रधानमन्त्री ओलीले गरेको दाबी अध्यक्ष दाहालले गर्नुभयो । उहाँले  कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रीमण्डल विस्तार गर्ने अधिकार संविधानले नै दिएको छैन भन्ने आफ्नो अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर गलत प्रचार गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधानको मर्म र भावना, ऐन कानुनको व्यवस्था अनुसार केपी पहिले नै कामचलाउ भईसकेका हुन् । कामचलाउले मन्त्रीमण्डल गठन गर्ने नियुक्ति गर्ने प्रचलन नै छैन । मैले बुझेसम्म अदालतले यी मन्त्रीलाई अबैध भन्छ भनेको थिएँ ।” गठबन्धनको भविश्य बारे पत्रकारको जिज्ञासामा उहाँले आफु पहिले देखि नै प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “हामी मुद्धामा आधारित भएर यो गठबन्धन निर्माण गरेको हो । यो कुनै स्वार्थबस गरिएको होइन । यो पटक हाम्रो लडाई प्रधानमन्त्रीको पदको होइन । यो पटक हामी कोही पनि प्रधानमान्त्री हुन पाए सरकार छिटो बनाउन पाए भन्ने बाट प्रेरित होइन । बल्ल बल्ल संविधानसभाबाट संघीय लोकतान्त्रिक संविधान बन्यो । अहिले संविधानमाथि निरंकुश र निर्मम किससिमले प्रहार भइरहेको छ र देशलाई अराजकतको भुमरिमा हाल्ने दुश्प्रयाास भईरहेको देखियो । छ्याङ देखियो त्यसबाट यो संविधानको रक्षा गर्ने पर्छ नत्र बरबाद हुन्छ यो देश, जनताको जीवन भविश्य वरबाद हुन्छ भन्ने चिन्ताका साथ हामी लागिरहेका छौ । संसदविघटन गर्ने उपक्रम सुरु भएपछि संविधानको रक्षा गरिएन भने देश नै अप्ठ्यारोमा जानेछ भन्ने चिन्ताले हो । हामीले ५ पुर्व प्रधानमन्त्रीले जो बक्तव्य दिएका छौ । बुझ्नेलाई इसारा काफि छ । धेरै चिज छ त्यो भित्र । ”

अध्यक्ष दाहालले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि प्रहार भएको हुनाले राष्ट्रिय स्वाधिनताको, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि गठबन्धन बनाएर सरकारका प्रतिगामी कदम विरुद्ध उत्रिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “अहिले केपी जीले लोकतान्त्रिक मुल्य मान्यतामाथि यति निरंकुश प्रहार,बडो नघ्न किसिमको प्रहार भईरहेको हुनाले पनि लोकतान्त्रिक मुल्य मान्यता र सिद्धान्तको रक्षाको लागि गठबन्धन आवश्यक भयो । कुर्सीको लोभ भएर होइन । हामी कुर्सी छोडेर देशहितमा लाग्ने मान्छे हौ । ”

केपी ओली प्रधानमन्त्री भएपछिको पहिलो बजेट नै पार्टीको घोषणापत्रमा उल्लेख भएका विषय विरुद्ध आएको उल्लेख गर्दे ओलीका क्रियाकलापको आफुहरुले विगत देखि नै भित्रभित्रै विरोध गर्दै आएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप अध्यक्ष दाहालले लगाउनुभयो । उहाँले पार्टी एकताका लागि गरेको सहमतिमा हस्ताक्षर गरेर सहमति नमानेर प्रधानमन्त्री ओलीले आफुलाई धोका दिएको दाबी गर्नुभयो । अदालतको फैसलापछि पार्टी एकताका लागि कुनै पनि पहल कदमी नगरेका प्रधानमन्त्री ओलीले चासो नदेखाएको भनेर आफुलाई आरोप लगाउनु झुट र बेइमानीको पराकाष्ट भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हामीले नगरेको होइन । हामीले भित्र भित्रै विरोध गरेकै हो । रोक्ने कोशिस गर्यौ तर प्रधानमन्त्रीले कहिलेही पनि छलफल गराउनुभएन । गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम दिने,लाजैमर्दो छ भन्यो भने ।  दिउँसै रात पार्ने यो भन्दा नागो झुटो कुनै सक्क्तैन । दुई महिनासम्म उहाँको कुनै फोन छैन । यति झुट बोल्न सक्ने प्रधानमन्त्री भएपछि । यो त नेपालको लागि बिडम्बना भयो । यो झुट बेइमानीको पराकाष्ट हो । ”

अध्यक्ष दाहालले ५ वटै दलबीच लोकतन्त्र र संविधान बचाउने सन्र्दभमा छलफल चलिरहेको भन्दै उहाँले सरकारको प्रतिगामी कदम विरुद्धका कार्यक्रमहरु तय गर्ने क्रममा रहेको स्पष्ट पार्नुभयो ।