२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रधानमन्त्री पदको प्रलोभनमा परेर पाँच दलिय गठबन्धनलाई धोका दिन्नँः माधव कुमार नेपाल

प्रधानमन्त्री पदको प्रलोभनमा परेर पाँच दलिय गठबन्धनलाई धोका दिन्नँः माधव कुमार नेपाल
अ अ+ अ-

काठमाडौं । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ५ दलिय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताउनुभएको छ । 

संघीय संसद भवनमा सनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसंग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताउनुभएको हो । एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उहाँले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिनुभयो । आफुले विगतमा पार्टी भित्र समस्या देखिने वित्तिकै जिम्मेबारीबाट आफु मुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्तामोहमा लिप्त भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रो लडाई केपी ओली व्यक्ति विरुद्धको लडाई होइन । केपी ओली प्रवृत्ति विरुद्धको लडाई हो । जब सत्ता, शक्ति र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाहे हुन्छ । केपी ओली जी मा त्यही सत्ताको, शक्तिको र पैसाको मात लागेको छ । तानाशाहहरु डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिदा रहेछन् । हाम्रो देशमा पनि केपी ओलीको रुपमा नयाँ चरित्र हामीले पाएका छौ । त्यही पार्टीभित्र हामी पनि रहेका हौ । पार्टीभित्र समस्या हुने वित्तिकै राजीनामा दिएका थियौ प्रधानमन्त्रीबाट । नैतिकताको आधारमा पार्टीको प्रमुख पदबाट राजीनामा दिएका थियौ । तर केपी ओलीलाई सत्ता भईरहेपछि त्यो भन्दा बाहेक केही पनि छैन । त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी ने भाँचिदिन्छु । कुर्सी ताक्ने प्रचण्डले ? भाँचिदिन्छु । कुर्सी ताक्ने माधव नेपालले भाँचिदिन्छु । अहिले शेर बहादुर जीले कुर्सी ताक्नुभयो, कुर्सी नै भाँचिदिनुभयो । न रहे बाँस न बजे बासुरी । ”

प्रधानमन्त्री ओलीले विगतमा पनि आफु, पुष्पकमल र बामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दे उहाँले अब भने कुनै पनि किसिमले विच्चलित नहुने स्पष्ट पार्नुभयो । केपी ओलीको धेरैपटकको धोका र पटक पटकको चालबाजीबाट आफै हैरान भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको पद दिएपछि माधव कुमार नेपालको मन विचल्लित हुने हो कि खुट्टा काम्ने हो कि ? समय छैन अब । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संविधान र परिर्वतनको पक्षमा उभिएको र त्यसैमा उभिनुपर्छ भन्ने मान्यता बोकेर अघि बढेको हो । ओलीले गलत नीति, गलत विचार, चिन्तन र प्रवृत्ति छोडेर बुद्ध भएर फर्कनुहुन्छ भने ठिक छ । हुन त मलाई त्यत्ति विश्वास त छैन । ” उहाँले आफु कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफुले गठबन्धनलाई धोका नदिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “माधव नेपाललाई प्रधानमन्त्री आउँछ भन्ने होइन, आईसक्यो तर माधव नेपाल धोका दिने मान्छे होइन । प्रस्ताव फिर्ता गर्ने । कुनै पनि हालतमा यो प्रश्न छैन । ”