• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

दलितको नाममा आरक्षण दिँदासम्म उनीहरुमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम



file photo

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताउनुभएको छ । उहाँले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताउनु भयो ।

उहाँले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताउनु भयो । उहाँले कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने भन्दै उहाँले सबै मानिस एकै भएको बताउनु भयो । दलित र उत्पीडित जस्ता शब्द नै खारेज गर्नुपर्ने उहाँको भनाई छ । उहाँले छुवाछुत गर्नेलाई आजिवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानून बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा उत्पीडन समाप्त गर्न लागेको छ, तर आजसम्म पनि छैन । यो के भो यस्तो किसिमको भन्दा आरक्षण व्यवस्था रहँदासम्म समाप्त हुँदैन । आफुले आफैँलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ । कसरी प्रतिनिधित्व गर्नुभयो तपाईं भन्योभने म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहीँ दलित भइरहनु पर्‍यो ।

तब न प्रतिनिधित्व हुन्छ । त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दैन । गर्दै गर्दैन । इतिहास साक्षि छ, उत्पीडन समाप्त गर्ने, दलित अवस्था समाप्त गर्ने भनेर चन्द्र समशेरको पालादेखि शुरु भएको अझै उत्पीडन व्यापक छ । महेन्द्रले ०१८ सालमा ल्याएको संविधानमै जातिपाति, छुवाछुतलाई दण्ड, सजायको विषयवस्तु बनाए । त्यो पनि समाप्त भएको छैन । हामीले नै गणतन्त्र आइसकेपछि पनि छैन ।

आज पनि त्यही व्यवस्था आलोचना गर्दाखेरी वैदिक कालमा के थियो ? स्मृति कालमा के थियो ? पुराण कालमा के थियो ? त्यसपछिको अवस्थाहरुमा के छन् भनेर भन्दै उत्पीडनको अवस्था छ, उत्पीडनको नाममा हामीले खोजेको के ? मुक्ति हो ? मुक्ति हो भने उत्पीडन हुनु हुँदैन । उत्पीडन भन्नुपनि हुँदैन । आफुलाई दलित पनि भन्नु हुँदैन । आरक्षण गर्नु हुँदैन । र कडाभन्दा कडा कानून बनाउनुपर्छ । हामीले कति कडा बनाउन सक्छौ, त्यति कडा । छुवाछुत गर्नेलाई आजीवन कारावास । भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष जेल सजाय र क्षतिपूर्ति बापत पैसा दिनुपर्ने कानून बनाउनुपर्छ ।’

उहाँले उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदहरुको अन्त्य गर्नुपर्ने बताउनु भयो ।