२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

युरो २०२० : डेनमार्कसामु वेल्स निरिह, ४–० गोल अन्तरले पराजित

युरो २०२० : डेनमार्कसामु वेल्स निरिह, ४–० गोल अन्तरले पराजित
अ अ+ अ-

युइएफए युरो २०२० अन्तर्गत शनिबार राति भएको नकआउट चरणको पहिलो खेलमा डेनमार्कले प्रभावशाली खेल प्रस्तुत गर्दै वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

युरोको समूह चरणमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेको डेनमार्कले नेदरल्यान्ड्सको आम्स्टर्डममा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको थियो । तर दोस्रो हाफको शुरुमै अर्को गोल गरेको डेनमार्कले त्यसपछि पनि वेल्स विरुद्ध निरन्तर दबाब बनाएको थियो ।

पहिलो दुबै गोल क्यास्पर डोल्बर्गले २७ र ४८ औं मिनेटमा गरेका थिए । बाँकी दुई गोल खेलको अन्त्यतिर भएका थिए । ८८औं मिनेटमा जोकिम माहेलाले तथा ९४औं मिनेटमा मार्टिन ब्राथवेटले सुन्दर गोल गरेका थिए ।

डेनिस खेलाडीलाई फल गरेको भन्दै ९०औं मिनेटमा वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए ।

समग्र खेल अवधिमा डेनमार्कले ८ पटक वेल्सको गोलपोस्टमा प्रहार गरेका थिए भने वेल्सले एक पटक मात्र डेनिस गोलपोस्टमा प्रहार गरेका थिए । उता ९ पटक डेनमार्कले कर्नर हान्ने अवसर पाएको थियो भने वेल्सले एक पटक मात्र कर्नरको अवसर जुटाएको थियो ।

वेल्सकाे टिममा कप्तान ग्यारेथ बेल, एराेन राम्से, डेनियल जेम्स जस्ता विश्वस्तरीय खेलाडी भएपनि उनीहरूले खासै प्रभावशाली खेल प्रस्तुत गर्न सकेका थिएनन् ।

समग्रमा डेनमार्कको खेल कौशल, आक्रमण र सटिक पास लोभलाग्दो थियो । अब यो विजयसँगै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लिग चरणमा फिनल्यान्ड र बेल्जियमसँग पराजित भएपनि रसियालाई ४–१ गोल अन्तरले हराएर डेनमार्क प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

आजै राति इटाली र अस्ट्रियाबीच १२.४५ बजे दोस्रो खेल हुँदैछ ।