७ मंसिर २०८१, शुक्रबार
,
Latest
खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने



अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नदिने भएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नेमकिपा बागमती प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइ र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताउनुभयो ।

नेमकिपाका नेता गोर्साइले केन्द्रमा देखिएको राजनीतिक अस्थिरता प्रदेशमा पनि सरेको भन्दै अङ्कगणितलाई हेरेर देशका मुख्य दलहरू स्वर्थ पूरा गर्नमा नै केन्द्रीत भएको बताउनुभयो । एमसिसी परियोजनामा हस्ताक्षरको विपक्षमा नेमकिपा रहेकाले वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी पनि सो विषयमा हस्ताक्षरकर्ता भएकाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने उहाँको भनाइ थियो ।

त्यस्तै राप्रपाका नेता थापाले पार्टीको भन्दा सिद्धान्त नै फरक रहेको सरकारलाई समर्थन दिन नसक्ने बताउनुभयो । राप्रपाको विचार र सिद्धान्त अनुसार धारणा राख्न समेत नदिइएको भन्दै उहाँले गुनासो गर्नुभयो ।