४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

राहुल गान्धीको संसद सदस्यता खारेज

राहुल गान्धीको संसद सदस्यता खारेज
अ+ अ-

बिबिसी

नयाँ दिल्ली । चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि शुक्रबार कांग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यता रद्द गरिएको छ।

लोकसभा सचिवालयले एक सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

सूचनामा केरलाको वायनाड लोकसभा सीटका सांसद राहुल गान्धीलाई सजायको दिन अर्थात २०२३ मार्च २३ देखि अयोग्य घोषित गरिएको उल्लेख छ।

यो भारतीय संविधानको अनुच्छेद १०२ (१) र जनप्रतिनिधित्व ऐन, १९५१ अन्तर्गत गरिएको छ।

यसअघि राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा सुरतको अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो।

अदालतले रु १५ हजार जरिवाना पनि लगाएको थियो भने सजाय ३० दिनका लागि स्थगित गरेको थियो । यसको अर्थ राहुल गान्धीसँग उच्च अदालतमा सजायको विरुद्ध अपील गर्न एक महिना छ।

सन् २०१९ को यो मामिला ‘मोदी थर’ मा राहुल गान्धीको टिप्पणीसँग सम्बन्धित छ जसमा उनले नीरव मोदी, ललित मोदी र अरूको नाम लिएर भनेका थिए, “कसरी सबै चोरहरूको थतर मोदीको छ ?”

अदालतको यो निर्णयले राहुल गान्धीको लोकसभाको सदस्यता खतरामा पर्न थालेको थियो ।

राहुल गान्धीले किन गुमाए सदस्यता ?

भारतीय संविधानको धारा १०२ (१) र १९१ (१) बमोजिम संसद् वा व्यवस्थापिकाको कुनै सदस्यले लाभको पद धारण गरेको, अस्वस्थ दिमागको, दिवालिया वा कानुनी भारतीय नागरिक नभएको खण्डमा उसको सदस्यता खारेज हुन्छ।

अयोग्यताको दोस्रो नियम संविधानको दशौँ अनुसूचीमा छ। यसमा दल फेरबददलका आधारमा सदस्य अयोग्य हुने व्यवस्था छ ।

यसबाहेक जनप्रतिनिधित्व ऐन, १९५१ अनुसार सांसद वा विधायकको सदस्यता गुम्न सक्छ।

यस कानूनमा फौजदारी मुद्दामा सजाय भोगेका सांसद वा विधायकको सदस्यता खारेज गर्ने व्यवस्था छ ।