१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा ब्युँताउन माधव नेपालको ओलीलाई प्रस्ताव



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुन: नेकपा ब्युँताउन प्रस्ताव गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उहाँले नेकपा ब्युँताउन प्रस्ताव गरेको बताउनुभयो ।

पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकमा उहाँले भन्नुभयो, “आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भने हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?”

राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि आफूले ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्दै भन्नुभयो, “अब के चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ? ल ठीक छ, पार्टी एकताको लागि को–कोले के–के त्याग गर्नुपर्ने हो तयार हुनुपर्‍यो ।”