१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्योलमा एसिया कप: पाकिस्तानले आयोजना गरे भारतले अन्यत्र खेल्ने



अ+ अ-

काठमाडौँ । एकदिवसीय एसिया कप पाकिस्तानमा हुने उच्च सम्भावना रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजनाको जिम्मा पाकिस्तानलाई दिएकोमा भारतले पाकिस्तानी भुमिमा कप नखेल्ने निर्णय गरेको थियो । भारत पाकिस्तान नजाने भएपछि एसिया कप स्थगित हुने चर्चा चल्दै आएको थियो । तर एसीसी अडानसँगै कप सेप्टेम्बर पहिलो सातामा पाकिस्तानमै हुने उच्च सम्भावना रहेको छ।

एसिसीले भारतले खेल्ने बाहेकका खेलहरु पाकिस्तानमा गर्ने तयारी गरेको छ । भारतको खेल भने तटस्थ भूमिमा हुने बताईएको छ । तटस्थ भूमिको रुपमा युएई, ओमान, श्रीलंका र इंग्ल्यान्ड मध्य एक देशको सम्भावना छ ।

गत वर्ष अक्टोबरमा बिसिसिआईका सचिव जय शायले भारत पाकिस्तान भ्रमण नगर्ने बताएका थिए । त्यसपछि बिसिसिआई र पाकिस्तान क्रिकेट बोर्डबीच एसिया कपलाई लिएर विवाद उत्पन्न भएको थियो । पाकिस्तानले पनि भारतले आफ्नो भुमिमा नखेले भारतमा आयोजना हुने २०२३ को विश्वकप नखेल्ने अडान लिएको छ ।

एसिया कपको समूह ए मा भारत, पाकिस्तान र एसिसी प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह चरण हुँदै सुपर खेलबाट फाइनल निर्धारण हुनेछ ।

नेपालले पनि अर्को महिना घरेलु मैदानमा हुने एसिसी प्रिमियर कप जितेमा एसिया कप खेल्नेछ । एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म हुनेछ । सेमिफाइनल हुँदै फाइनलमा उपाधि जित्न सके नेपालले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।