८ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गर्यो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी



अ+ अ-

देउखुरी । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । प्रदेशमा नयाँ गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीको दाबी गरिरहेको बेल कांग्रेस प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो । यसबाट सरकारको नेतृत्वमा दाबी गरिरहेको माओवादी केन्द्रलाई वर्तमान सरकारबाट बाहिर आउन दबाव परेको छ ।

नेकपा ९एमाले० का मुख्यमन्त्री लीला गिरीको नेतृत्वमा माओवादी केन्द्र अहिले सरकारमा रहेको छ । प्रदेशसभामा नेपाली कांग्रेस २७ सदस्यका साथ दोस्रो स्थानमा छ ।

शुक्रबारको बैठकपछि कांग्रेस संसदीय दलका नेता डिल्लीराम चौधरीले यसअघिकै गठबन्धनमा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले अब प्रदेशको नेतृत्व नेपाली कांग्रेसले स्वाभाविकरुपमा पाउनुपर्ने बताउनुभयो । यद्यपि लुम्बिनी प्रदेश आफ्नो आधार इलाका भएको भन्दै माओवादी केन्द्रले यस प्रदेशको नेतृत्व सहजरुपमा छाड्न चाहिरहेको छैन ।

बिहीबार माओवादी संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आन्तरिक विवादका कारण उक्त विषयले बैठकमा प्रवेश नै पाएको थिएन ।