९ भाद्र २०८३, मंगलवार
,
Latest
नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना निको हुने दर ९२ प्रतिशत



अ+ अ-

काठमाडौं । कोरोनाविरुद्ध निषेधाज्ञा  बिस्तारै  खुुकुलो  भएसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको  हुनेको  सङ्ख्या  दोब्बरभन्दा  बढी छ । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  गत  २४  घण्टामा  थप  चार  हजार  ९१४  जना  सङ्क्रमित  निको  भएका  छन्  भने  दुई  हजार  १६  जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ ।नेपालमा  हालसम्म  छ  लाख  ६३  हजार  ८५७  जनालाई  कोरोना  पुष्टि  भएको  छ  भने  पाँच  लाख  ८१  हजार  ३२७ जना सङ्क्रमित निको भएका छन् । 

हाल देशभर ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा चार हजार  ७०४  जनाको  पीसीआर  र  चार  हजार ८०६ जनाको एन्टिजेन गरी कुल नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । 

काठमाडौँमा  १८१,  भक्तपुरमा  २५  र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा  थप  २४९  जना  सङ्क्रमित  थपिएका  छन्  ।  यस्तै  देशभरका  कोरोना  अस्पतालका  आईसीयूमा  ७३४  र  भेन्टिलेटरमा  २२२  जना  सङ्क्रमित  उपचाररत  छन्  ।  

मन्त्रालयका  अनुसार  विगत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको  छ  ।  योसहित  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९७५ पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।




भर्खरै