४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘भष्मे डन’ को छायांकन सुरू



फोटो: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । अभिनेता विपीन कार्की स्टारर फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सुरू भएको छ।

दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्मको आज पशुपतिनाथ मन्दिर परिसरबाट छायांकन सुरू गरिएको हो । फिल्मको शुभमुहूर्त भने गत शुक्रबार गरिएको थियो ।

खगेन्द्र लामिछानेको कथामा लेखिएको फिल्ममा विपिनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ।

आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहनेछ। यो फिल्म टुकी आर्टस् ब्यानरमा निर्माण हुन लागेको हो ।

२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल फिल्म ‘भष्मे डन’मा विपीन कार्की मुख्य भूमिकामा छन् । फिल्ममा भष्मे डनको जीवनमा आएका उतारचढावलाई प्रस्तुत गरिनेछ ।