१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने

काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । 

पार्टी केन्द्रिय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय पत्रकारहरुमाझ सार्वजनिक गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको स्वागत गर्दै त्यसलाई केन्द्रित गरेर संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरिएको बताउनु भयो । 

सो अभियान यही फागुन २० गतेदेखि चैत्र २० गतेसम्म संचालन हुनेछ । घरघर जाऔं, काँग्रेस जिताऔं भन्ने मूल नाराका साथ संचालन हुने सो अभियानले पार्टीलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउन भूमिका खेल्ने पनि प्रवक्ता महतले बताउनु भयो । त्यसैगरी बैठकले स्थानीय तह निर्वाचनको घोषणा पत्र तयारी समिति अविलम्ब गठन गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । 

प्रवक्ता महतले भन्नु भयो, ‘स्थानीय निर्वाचन बैशाख ३० मा गर्ने सरकारको निर्णयको स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियताका साथ स्थानीय निर्वाचन केन्द्रित हुने निर्णय गर्दछ । स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समिति सभापतिले आवश्यक परामर्श गरी अविलम्ब गठन गर्ने निर्णय गरिएको छ ।।स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । र, स्थानीय तह निर्वाचन घोषणा पत्र पनि पार्टी सभापतिले आवश्यक परामर्श गरी चाँडै गठन गर्ने निर्णय गरेका छौं । त्यस्तै गरेर स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर संगठन सुदृढिकरण अभियान पार्टीले चलाउने छ । घरघर जाऔंः काँग्रेस जिताऔं मूल नाराका साथ सो अभियान संचालन गरिनेछ र अभियान फागुन २० गतेदेखि चैत्र २० गतेसम्म निरन्तर रुपमा चल्नेछ ।’

काँग्रेसले अवधि समाप्त भईसकेका भातृ संस्थाका केन्द्रिय समितिहरु विघटन गर्दै पार्टी सभापति देउवाले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र केन्द्रिय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार नेपाल विद्यार्थी संघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघ विधानतः स्वतः विघटन गरिएको र ती संस्थाहरुको यही फागुन मसान्तभित्र केन्द्रिय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता महतले बताउनु भयो । उहाँका अनुसार पार्टीको विभिन्न पदहरुमा निर्वाचित वा मनोनित भातृ वा शुभेच्छुक संस्थाका सभापति, पदाधिकारी वा सदस्यहरुको पद स्वतः रिक्त भएको उल्लेख गर्दै तत्काल पूर्ति गर्ने निर्णय पनि गरेको छ । सभापति देउवाले परामर्श गरेर सो काम गर्ने बैठकमा निर्णय गरिएको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिले एमसीसी सम्झौंतालाई अनुमोदनमा लागि संसदमा तत्काल टेवल गर्न पनि पार्टी नेतृत्वको सरकारलाई आग्रह गरेको छ । सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष एमालेले समेत सो सम्झौता विभिन्न काखखण्डमा अघि बढाएकाले सो सम्झौंता अनुमोदनका लागि सबै दलहरुलाई बैठकले आह्वान समेत गरेको प्रवक्ता महतले बताउनु भयो । बैठकले सो सम्झौंता राष्ट्रको हित विपरित नभएको पनि निष्कर्ष निकालेको छ । प्रवक्ता महतले भन्नु भयो, ‘एमसीसी सम्झौंतालाई संघीय संसदमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य हो । 

हाल सरकारको नेतृत्व गर्ने नेपाली काँग्रेस र गठबन्धनमा रहेका सबै राजनीतिक दलहरु एमसीसी प्रक्रियाका विभिन्न कालखण्डमा प्रत्यक्ष संलग्न भएको र पछिल्लो सरकारले सुरुवात गरेको प्रक्रियालाई अघि बढाउने जिम्मेवारी रहेका कारण एमसीसी सम्झौंतालाई संघीय संसदमा अनुमोदनका लागि सरकारले अविलम्व प्रस्तुत गर्नुपर्दछ । एमसीसी राष्ट्रिय हित अनुकूल भएको र त्यसमा प्रमुख प्रतिपक्ष दल एमालेले पनि साथ दिनुपर्ने काँग्रेसले विश्वास लिएको छ ।’

नेपाली काँग्रेसले एमसीसी राष्ट्रका लागि आएको अनुदान भएपनि त्यसलाई भ्रमित पार्ने काम गरिएको उल्लेख गर्दै भ्रममा नपर्न पनि सबैलाई आह्वान गरेको छ ।