१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।

सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताउनुभयो ।

“भारतमा सङ्क्रमण बढिरहेको छ । भारतबाट सङ्क्रमित नेपाल आइरहेका छन्”, उहाँले भन्नुभयो, “हिजोमात्र सीमानाकाबाट सात सङ्क्रमित नेपाल आएका छन् ।” उहाँले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गर्नुभयो ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।रासस