३ भाद्र २०८३, बुधबार
,
Latest
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनालाई पानामासँगको खेलमा जित्नैपर्ने दवाब छः डि मारिया



अ+ अ-

एजेन्सी । पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् ।

गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएपछि ब्यूनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा हुने यो खेल अर्जेन्टिना राष्ट्रिय फुटबल टोली (अल्बिसेलेस्टे)को पहिलो खेल हो ।

मैत्रीपूर्ण खेलका लागि टिकट दुई घण्टाभन्दा कम समयमा बिक्रि भएको छ र अर्जेन्टिनाका नागरिकहरुले लियोनल मेसी र उहाँका सहकर्मीहरूलाई व्यापक सम्मान गर्दै खेल शुरू हुनु अघि नै खेलस्थल वरपरका सडकहरू शुभेच्छुकको ‘बाढी आउने’ अपेक्षा गरिएको छ ।

डि मारियाले बुधबार राति पत्रकारहरूसँग भने, “टोलीले के ग¥यो भनेर मानिसहरू उत्साहित छन् र हामीले यसलाई समूहको रूपमा आनन्द लिनुपर्छ ।”

“टिकट विक्रीले जे देखाएको छ त्यो पक्कै पनि टोली प्रतिको अपार शुभेच्छा र सम्मान हो । आशा छ भोलि सबै कुरा शान्त हुनेछ अर्थात् सबैले अपेक्षा गरे अनुसार नै नतिजा आउने छ ।

युभेन्ट्स फुटबल क्लबका प्रसिद्ध अर्जेन्टिनी खेलाडी मारियाले भने, “मानिसहरुलाई यति खुसी देख्नु अनौठो कुरा हो । यो धेरै राम्रो छ र हामी हरेक दिन यसको आनन्द लिइरहेका छौं ।”

उनले भने, “मलाई आशा छ बिहीबार पनि अजेन्टिनी खेलाडी र शुभेच्छुकका लागि एक सुन्दर दिन हुनेछ । लक्ष्य जित्नु हो, त्यही तरिकाले खेल्नु हो ।”

उनले थपे, “हामीले कतारको प्रदर्शनबाट नहौसिएर अगाडिको नतिजाप्रति ध्यान केन्द्रित गरी खेल्नुपर्छ । टाली व्यवस्थापक लियोनल स्कालोनीले खेल आफ्नो जीतमा आउने गरी खेल्न निर्देशन दिनुभएको छ ।”

अर्जेन्टिनाले मङ्गलबार सान्टियागो डेल एस्टेरोको एस्टाडियो युनिकोमा हुने अर्को मैत्रीपूर्ण खेलमा कुराकाओसँग खेल्नेछ ।