२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कांग्रेस र माओवादीको गति छाडा पारा देखियो, म सपथ खान्न : दिपक मनाङ्गे

कांग्रेस र माओवादीको गति छाडा पारा देखियो, म सपथ खान्न : दिपक मनाङ्गे
अ अ+ अ-

गोरखा । गण्डकी प्रदेश सरकारका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रालयको सपथ नलिने भएका छन् । मन्त्री मनाङ्गेले गठबन्धन गर्ने समयमा भएको सहमति कार्यान्वयन नभएसम्म आफूले विभागीय मन्त्रीको सपथ नखाने बताएका हुन्। 

उनी भन्छन्,‘राजनीति वेइमानी हैन, कांग्रेस र माओवादीले गतिछाडा पारा देखायो। जसपालाई अर्थसहित दुई वटा मन्त्रालय, मलाई भौतिक मन्त्रालय दिने भनेर लिखित अलिखित सहमति गर्यो तर अहिले कार्यान्वयन गर्न आलटाल गरिरहेको छ। यसरी हुँदैन, सहमति कार्यान्वन नभएसम्म म सपथ खान्न।’

विधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको २३ दिन भएनी गण्डकी प्रदेश सरकारले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन। गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको सहमति जुट्न नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो।