१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

सडकमै नमूना संसद बनाएर युवा संघ नेपालको विरोध (तस्बिरसहित)

सडकमै नमूना संसद बनाएर युवा संघ नेपालको विरोध (तस्बिरसहित)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन गरेको छ ।

युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको छ । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ । 

राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले गरेका राष्ट्रघाती कदमको विरोधमा संघले निरन्तर आन्दोलन गर्दै आएको बताउनु भयो । उहाँले गठबन्धन सरकारले १४ जना सांसद पद जोगाउन तथा सभामुखको पद जोगाउनको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाएकाले सडकमा आउनु परेको बताउनु भयो । सरकारले सत्ता गठबन्धन टिकाउनको लागि देशको विधि प्रक्रिया,पद्धती प्रणालीको विरुद्धमा धावा बोल्ने र नेपाललाई संधै आफ्नो स्वार्थको बन्धक बनाउने प्रयासको विरुद्ध युवा संघ सडक आएको पनि पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सर्वोच्चको फैसला आफू विरुद्ध आउने देखिपछि १४ जना सासंद जान्छ भन्ने लागेर माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई गुमराहमा पारे । १४ जना सासंदको पद गयो भने यो सरकारको आयु पनि सकिन्छ । 

अहिले यो गठबन्धन सरकार अपदस्त भयो भने नेकपा माओवादी र एकिकृत समाजवादी पार्टी समाप्त हुनेवाला छ । त्यो भविष्य समाप्त हुने देखेपछि सत्ता गठबन्धन टिकाउनको लागि देशको विधि प्रक्रिया,पद्धती प्रणालीको विरुद्धमा धावा बोल्ने र नेपाललाई संधै आफ्नो स्वार्थको बन्धक बनाउने प्रयासको विरुद्ध युवा संघ सडक आन्दोलनमा छौँ । यो प्रक्रिया अहिले सभामुख अग्नीप्रसाद सावकोटालाई जोगाउने र एमसीसीलाई चोर बाटोबाट ल्याएर अगाडि बढाउने ठाउँसम्म पुग्छ । त्यस्तै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई प्रभावित पारी स्थानीय तहको निर्वाचन रोकेर पाँचदलको गठबन्धन सयन्त्र बनाएर स्थनीय तहहरु रिक्त बनाएर देशमा लुटतन्त्र र लटपाटको श्रृङखला अगाडि बढाउने राष्ट्रघाती कदमको विरुद्ध संकेतिक रुपमा सडकमा उपस्थित भएको छौँ ।’

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताहरूले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् । प्रदर्शनमा पार्टी फुटाउन पाइँदैन,संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे । हत्यारा सभामुख राजीनामा दे, गैर सांसदलाई संसदमा निषेध गर , पार्टी फुटाउने षड्यन्त्र निषेध गर । संवैधानिक सर्वोच्चता कायम गर लगायतका नारा लगाएका थिए ।