२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)ले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले असार १६ गते पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरु गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपतिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयामहरुको संक्षिप्त तर गहन छलफल गरेका छौँ । यो विषयमा थप केही निर्णयहरु गर्नु आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठक आव्हान गर्ने निर्णय बैठकले गरेको छ ।’

प्रवक्ता ज्ञवालीले बैठकले पार्टी सदस्यता नविकरणको कामलाई तिव्रता दिन मातहतका कमिटीलाई निर्देशन दिएको पनि बताउनुभयो । उहाँले एमालेलाई एकताबद्ध बनाउनका लागि हरसम्भव प्रयास गरिरहेको पनि बताउनुभयो । एमाले एकताबद्ध भइरहेमा मात्रै कम्युनिष्ट आन्दोलन, संविधान र राष्ट्रिय एकताको रक्षा गर्न सकिने भन्दै उहाँले आफुहरु एकताको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा एमालेको एकतालाई अक्षुण कायम राखेर, सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा गर्न सकिन्छ । कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिन्छ । वर्तमान संविधानको रक्षा गर्न सकिन्छ । राष्ट्रिय एकता र राष्ट्रियताको पनि रक्षा गर्न सकिन्छ । एमाले कमजोर हुँदाखेरी यी सबै पक्षहरु अप्ठ्यारोमा पर्छन्, संकटमा पर्छन् भन्ने निष्कर्षका साथ हामी त्यसका लागि हरसम्भव प्रयत्न गरिरहेका छौँ ।’

प्रवक्ता ज्ञवालीले आफुहरु एकताको पक्षमा रहेपनि माधव नेपाल पक्षधर पार्टीलाई विभाजित गर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउनको लागि लागेको बताउनुभयो । माधव पक्ष एकताको पक्षमा नरहेको जिकिर उहाँले गर्नुभयो ।