• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास ★   ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न ★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द ★   महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार ★   विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना ★   वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल ★   प्रेमीसँगको झगडापछि बिना लुगा र खाली खुट्टा होटलबाट निस्किइन् ब्रिटनी

धनुषामा ११ वर्षीया छात्रालाई जबर्जस्ती गर्ने शिक्षक फरार



जनकपुरधाम । धनुषामा ११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार भएका छन् ।

धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षक दीपेन्द्र यादव फरार रहेका हुन् ।

बुधबार यादवले नाबालिग छात्रालाई शौचालयमा थुनेर जबर्जस्ती गरेको बताइएको छ । विद्यार्थीहरुले शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको देखेपछि शिक्षक भागेका बताएका छन् ।

नाबालिगलाई हिजै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ । बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।