९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा ११ वर्षीया छात्रालाई जबर्जस्ती गर्ने शिक्षक फरार



अ+ अ-

जनकपुरधाम । धनुषामा ११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार भएका छन् ।

धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षक दीपेन्द्र यादव फरार रहेका हुन् ।

बुधबार यादवले नाबालिग छात्रालाई शौचालयमा थुनेर जबर्जस्ती गरेको बताइएको छ । विद्यार्थीहरुले शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको देखेपछि शिक्षक भागेका बताएका छन् ।

नाबालिगलाई हिजै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ । बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।