२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा ११ वर्षीया छात्रालाई जबर्जस्ती गर्ने शिक्षक फरार



अ+ अ-

जनकपुरधाम । धनुषामा ११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार भएका छन् ।

धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षक दीपेन्द्र यादव फरार रहेका हुन् ।

बुधबार यादवले नाबालिग छात्रालाई शौचालयमा थुनेर जबर्जस्ती गरेको बताइएको छ । विद्यार्थीहरुले शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको देखेपछि शिक्षक भागेका बताएका छन् ।

नाबालिगलाई हिजै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ । बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।