१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाइका नेपालको प्रमुख प्रतिनिधिमा अकिमुत्सो अकिबु नियुक्त



अ+ अ-

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ । यसअघिका प्रमुख युमिको आसाकुमाको कार्यकाल पूरा हुने बित्तिकै अकिबुलाई नेपाल प्रमुखमा नियुक्त गरिएको जाइकाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि अकिबु जाइकाकै टोकियोस्थित प्रधानकार्यालयमा वरिष्ठ प्रतिनिधिका रूपमा कार्यरत हुनुहुन्थ्यो । 

सन् २०२१ देखि जाइका प्रवेश गर्नुभएका उहाँले नियोगका  विभिन्न विभागमा रहेर काम गर्नुका साथै भुटान, म्यान्मा, कम्बोडियास्थित जाइकाको कार्यालयमा प्रमुखको भूमिकासमेत निर्वाह गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा जाइका प्रमुख हुन पाएकामा खुसी व्यक्त गर्दै अकिबुले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’ लाई प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस