२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्रीले सार्वभौम संसद्को अधिकार छिन्न सक्नु हुन्न : संविधानविद् आचार्य



अ+ अ-

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले सार्वभौम संसद्को अधिकार छिन्न  नसक्ने बताएका छन् ।  आइतबार प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमाथिको बहसमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । 

आचार्यले ओली मात्र प्रधानमन्त्री बन्नुपर्छ, अरु बन्न सक्दैनन् भन्ने व्यवस्था नगरेको बताए । 'धारा ७६ का सबै उपधाराअनुसार केपी ओली मात्र प्रधानमन्त्री बन्नु पर्छअरु बन्न सक्दैनन्' पाउँदैन भन्ने त संविधानले व्यवस्था गरेको छैन,' आचार्यले भने ।

आचार्यले राष्ट्रपतिको यो कदमलाई मान्यता दिए संविधान नै जाने टिप्पणी गरे । 'अस्तिको आदेशमा पनि सरकार बनाउनुपर्ने प्रक्रिया संसदभित्र खोज्नु पर्ने र एकपछि अर्को प्रक्रियामा जानु पर्ने लेखिएको छ,' आचार्यले भने, 'अदालतले राष्ट्रपतिको यो कदमलाई मान्यता दियो भने त संविधान जान्छ ।'