२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

राजनीतिको निकाश ताजा जनादेशबाट मात्र सम्भव हुन्छ : अर्थमन्त्रि पौडेल

राजनीतिको निकाश ताजा जनादेशबाट मात्र सम्भव हुन्छ :  अर्थमन्त्रि पौडेल
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्रि तथा अर्थमन्त्रि बिष्णु पौडेलले बिथोलिएको राजनीतिको निकाश ताजा जनादेशबाट मात्र सम्भव भएको बताउनु भएको छ ।  

शनिवार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्शन बहुउद्देश्य आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर्वाचनको लागि सबै जुट्न आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वाशको मत पाउन नसकेको अवस्था र संसदबाट अर्को बैकल्पिक सरकार बन्न नसक्ने अवस्था आए पछि प्रतिनिधि सभा बिघटन गर्न बाध्य भएको जिकिर गर्नुभयो ।

प्रतिनिधि सभाको निर्वाचनबाट आएको जनादेशले जनतामा सामाजिक न्याय सहितको बिकाश र सम्वृद्धिको जाने यात्रा बिचमा अनपेक्षित राजनैतिक घटनाहरुले रोकिए पछि निकाश दिन निर्वाचन एकमात्र विकल्प भएको उपप्रधानमन्त्री पौडेलले बताउनु भयो। अदालतमा परेको मुद्दाले जुनसुकै निर्णय दिए पनि ताजा जनादेशले मात्र राजनैतिक निकाश दिने भएकोले सबै निर्वाचनको लागि तयारीमा लाग्न अर्थमन्त्री पौडेलले आग्रह गर्नु भयो । 

कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले अहिले राजनैतिक गतिरोधले बिकाश निर्माणलाई केहि प्रभाव परेपनि गति नरोकिने बताउनु भयो । शनिवार उद्घाटन भएको कार्यालयले स्याङ्गजाको कालिगण्डकी नदीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका ठूलो क्षेत्रफलमा सिँचाई प¥ुयाउने योजनाको फिल्ड कार्यालयको रुपमा काम गर्ने छ । कालिगण्डकी तिनाउ डाइभर्शन बहुउद्देश्य आयोजनाले सिंचाई सहित १२६ मेघावाट विद्युत पनि उत्पादन गर्ने बताइएको छ । यो आयोजना सम्पन्न गर्न करिब १३८ अर्ब रुपैया लाग्ने अनुमान गरिएको  छ ।