४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । साताको पाँचौँ दिन बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार उक्त सुन प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।