३ पुष २०८२, बिहीबार
,
Latest
नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग भारत २१ रनले पराजित, कोहलीको अर्धशतकले काम गरेन



अ+ अ-

एजेन्सी । अस्ट्रेलियासँगको एकदिवसीय शृङ्खलामा भारत १–२ ले पराजित भएको छ । रोहित शर्माको कप्तानीमा रहेको घरेलु टोली भारत बुधबार तेस्रो एकदिवसीय खेलमा अष्ट्रेलियासँग २१ रनले पराजित भएको हो ।

भारतले घरेलु मैदानमा २६ वटा सिरिजपछि कुनै पनि फर्म्याटको द्विपक्षीय शृंखला गुमाएको हो । यस अवधिमा भारतीय टोलीले २४ सिरिज जितेको छ भने २ बराबरी खेलेको छ ।

चेन्नईस्थित चेपौक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको टोली ४९ ओभरमा २६९ रनमा अलआउट भयो । जवाफमा भारतीय ब्याट्सम्यानले ४९.१ ओभरमा २४८ रन मात्रै बनाउन सक्यो । कुलदीप अन्तिम ब्याट्सम्यानको रुपमा आउट भए भने मोहम्मद सिराज अविजित रहे ।

अष्ट्रेलियाका बलर एडम जाम्पाले दोस्रो इनिङ्समा हरेक पटक भारतीय ब्याट्सम्यानलाई समस्यामा पारे । जाम्पाले इनिङ्सको १२औं ओभरमा शुभमन गिल (३७) लाई एलबीडब्लु गरे । त्यसपछि २७ औं ओभरमा सेट ब्याट्सम्यान केएल राहुल (३२) पनि आउट भए । यसपछि उनले ब्याट्सम्यान हार्दिक पाण्ड्या (४०) र रविन्द्र जडेजा (१८) लाई आउट गरेर टीम इन्डियालाई आठौं झट्का दिए ।

सूर्यकुमार यादव लगातार तेस्रो एकदिवसीयमा गोल्डेन डकको शिकार बने । उनी पहिलो र दोस्रो एकदिवसीयमा मिचेल स्टार्कको बलमा एलबीडब्ल्यू भएका थिए । सूर्य ब्याटिङमा ह्याट्रिक गर्ने १३ औं अन्तर्राष्ट्रिय खेलाडी हुन् । लगातार तीन इनिङ्सको पहिलो बलमा ब्याट्सम्यान शून्य रनमा आउट भएमा त्यसलाई ब्याटिङ ह्याट्रिक भनिन्छ ।

सूर्यकुमार भन्दा पहिले भारतका सचिन तेन्दुलकर, अनिल कुम्बले, जाहिर खान, इशान्त शर्मा र जसप्रित बुमराह पनि लगातार ३ ओडिआईमा शून्य रनमा पेभिलियन फर्किएका छन् । तर तीनै जना लगातार पहिलो बलमा आउट भएनन् ।

एकदिवसीय शृंखलाको पहिलो २ खेलमा गोल्डेन डकमा पेभिलियन फर्किएका सूर्यकुमार यादव तेस्रो खेलमा चौथो नम्बरमा ब्याटिङ गर्न आएनन् । यसपटक विकेटकिपर केएल राहुल चौथो नम्बरमा आए । राहुलपछि ५ नम्बरमा अक्षर पटेल र ६ नम्बरमा हार्दिक पाण्डेय ब्याटिङमा आए । तेस्रो नम्बरमा रहेका विराट कोहलीले आफ्नो करियरको ६५ औं अर्धशतक बनाए ।

१३ औं ओभरमा शुभमन गिल आउट भएपछि केएल राहुल ४ नम्बरमा ब्याटिङ गर्न आए । विराट कोहलीसँगै राहुलले भारतको इनिङ्सलाई लिएका थिए । दुवैले ९३ बलमा ६९ रनको साझेदारी गरे । २८ औं ओभरमा ३२ रन बनाएर राहुल एडम जाम्पाको शिकार बने र यो बलियो साझेदारी टुट्यो ।

भारतलाई कप्तान रोहित शर्मा र शुभमन गिलले धमाकेदार सुरुवात गराए । दुबैले ५६ बलमा ६५ रनको ओपनिङ पार्टनरसिप गरे ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभरमा २६९ रनमा अलआउट भयो । ओपनर मिचेल मार्सले ४७ रन बनाए भने एलेक्स केरीले ३८ रन बनाए । मार्नस लाबुसेनले २८, मार्कस स्टोइनिसले २५, ट्राभिस हेडले ३३ र डेभिड वार्नरले २३ रनको योगदान दिए ।

ट्रेभिस हेड र मिचेल मार्सको जोडीले अष्ट्रेलियालाई बलियो सुरुवात गराए । यी दुईबीच ६५ बलमा ६८ रनको ओपनिङ साझेदारी थियो । हेड ३३ रन बनाएर आउट भए । उनलाई हार्दिक पाण्ड्याले कुलदीपको हातमा क्याच आउट गरेका थिए ।

भारतका लागि हार्दिक पाण्डेया र कुलदीप यादवले ३/३ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले २–२ विकेट लिए ।