११ असार २०८२, बुधबार
,
Latest
भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित नेतान्याहूको दाबीः इजरायलले युद्ध जित्यो, हाम्रो गर्जनले तेहरान काँप्यो पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण एमाले सचिवालय बैठक सर्‍यो आमिर खानले राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटे बाइल्याटरल ऋण लिन बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री महत एभरेष्ट फाइबर बोर्डको उत्पादन सुरु,आज औपचारिक उद्घाटन खराब फिल्डिङका कारण हामी हार्यौं – कप्तान गिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरी गोल्डकपः मछिन्द्रलाई हराउँदै सगरमाथा युथ क्लब फाइनलमा प्रवेश



अ+ अ-

सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौँलाई३–१ गोल अन्तरले हराएर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । मछिन्द्रलाई फाइनल चरणमा पुग्न रोक्दै सगरमाथालाई उपाधि नजिक पुर्याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले एक÷एक गोल गर्न सफल भए ।

सगरमाथाका खेलाडी लोप्चनले खेलको चौथो, स्टेफिनले १२औँ र मेसुकेले ५१औँ मिनेटमा गोल गरेका थिए । पराजित मछिन्द्रका क्याप्टेन अफिज ओलावाले खेलको ८८आँै मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित भए । उनले नगद रू १० हजार पाए ।

आज बिहीबार दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।

सगरमाथाले अन्तिम सेमिफाइनल विजेतासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख हात पार्ने आयोजकले जनाएको छ ।