३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर केसी र भण्डारीलाई गृह जिल्लामा सम्मान



अ+ अ-

गलकोट । क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मान गरेको हो ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने करणलाई रु एक लाख र यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सुवासलाई रु ५० हजार नगदसहित सम्मान गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

करण बागलुङ नगरपालिका–८ सिगानाका हुन् भने सुवास काठेखोला गाउँपालिका–१ पालाका हुन् । बागलुङमा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गरिएको खड्काले बताए ।

उनले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर तथा अलराउण्डर हुन् भने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् ।