३ भाद्र २०८३, बुधबार
,
Latest
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर केसी र भण्डारीलाई गृह जिल्लामा सम्मान



अ+ अ-

गलकोट । क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मान गरेको हो ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने करणलाई रु एक लाख र यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सुवासलाई रु ५० हजार नगदसहित सम्मान गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

करण बागलुङ नगरपालिका–८ सिगानाका हुन् भने सुवास काठेखोला गाउँपालिका–१ पालाका हुन् । बागलुङमा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गरिएको खड्काले बताए ।

उनले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर तथा अलराउण्डर हुन् भने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् ।