२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

युरो कप नकआउट : पोर्चुगल र बेल्जियम भिड्दै, नेदरल्यान्ड्स र चेक रिपब्लिकको खेल पनि आजै

युरो कप नकआउट : पोर्चुगल र बेल्जियम भिड्दै, नेदरल्यान्ड्स र चेक रिपब्लिकको खेल पनि आजै
अ अ+ अ-

एजेन्सी । १६ औं संस्करणको युरो २०२० अन्तर्गत अन्तिम १६ को दोस्रो दिन आज दुई खेलहरु हुँदैछ । 

पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिकले प्रतिस्पर्धा गर्दैछन् । हंगेरीको पुस्कास एरेना मैदानमा ९ः४५ बजे सुरु हुने खेलमा दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । 

समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३९२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २९० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको नेदरल्यान्ड्स युरो कपको बलियो दाबेदार हो ।

यता चेक रिपब्लिकले भने समूह 'डी' बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो  । 

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १-० ले  पराजित भएको थियो । 

यी दुई टिमले ११ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा ५ खेलमा चेक रिपब्लिक विजयी भएको छ । ३ खेल नेदरल्यान्ड्सले जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ । यी दुई टिमबीचको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । 

यस्तै आज राति नै बेल्जियम र पोर्चुगलले पनि प्रतिस्पर्धा गर्दैछन् । यी दुई बीचको खेल स्पेनको सेभियामा इस्टेडीओ ला कार्टुजा डी मैदानमा राति १२ः४५ बजे सुरु हुनेछ । 

बेल्जियम समूह 'बी' को विजेता बनेर समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको पहिलो स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले हराएको थियो ।

पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह 'एफ' बाट नकआउट चरणमा पुगेको हो ।

साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।

जसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत २ गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १०९ पुर्याएका थिए । उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अलि दाईसँग गोल संख्या बराबरी गरेका हुन् । 

दुबै टिम यसपटकको युरो विजेताको प्रमुख दाबेदार रहेकाले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ । यी दुई टिम हालसम्म १८ पटक आमनेसामने भएका छन् । जसमा पोर्चुगल ६ पटक विजयी भएको छ भने बेल्जियम ५ पटक विजयी भएको छ । यस्तै ७ खेल बराबरीमा सकिएको छ । यी दुईबीचको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।