५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता



अ+ अ-

काठमाडौं । हरेक मानिससँग कुनै पनि रोगसँग लड्ने क्षमता फरक फरक हुन्छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएका मानिसहरु कम बिरामी हुन्छन् भने यो क्षमता कम भएका मानिसलाई धेरै रोग लाग्छ भन्ने धेरैलाई थाहा भएकै कुरा हो । तर, कसरी रोगसँग लड्ने क्षमता बढाउने र त्यसमा कसरी सुधार गर्ने भन्ने कुरा धेरैलाई थाहा हुँदैन । साथै, यो धेरै मानिसको चासोको विषय पनि हो ।

केले बढाउँछ रोगसँग लड्ने क्षमता ?

मानिसको जीवनशैलीले प्रत्यक्षरुपमा रोगसँग लड्ने क्षमता बढाउँछ भन्ने अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन । तर, खानेकुरा, शारीरिक अभ्यास, उमेर, मनोवैज्ञानिक दबाब र अन्य विभिन्न पक्षको सकारात्मक असर रोगसँग लड्ने क्षमतामा पर्छ । यस्तोमा रोगसँग लड्ने क्षमता बढाउन स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

रोगसँग लड्ने क्षमता बढाउने उपायहरु : 

– धुम्रपान नगर्नु

– तरकारी र फलफूल खानु

– नियमित शारीरिक अभ्यास

– तौल सन्तुलनमा राख्नु

– अल्कोहल ठिक मात्रामा मात्र खानु

– पर्याप्त सुत्नु

– राम्रोसँग हात धुने र राम्ररी पाकेको खानेकुरा मात्र खाने

– तनाव कम गर्ने प्रयास

प्रतिरक्षा प्रणाली र उमेर

उमेरसँगै मानिसको रोगसँग लड्ने क्षमता पनि कमजोर बन्दै जान्छ । यसले मानिसलाई धेरै रोगको संक्रमण हुन्छ र यसले क्यान्सरसम्मको जोखिम बढाउँछ । धेरै अध्ययनले पनि युवा अवस्थामाभन्दा बृद्ध हुँदै गए पनि कुनै पनि रोगको संक्रमण हुने खतरा पनि बढी हुन्छ । ६५ वर्षभन्दा बढी उमेरका मानिसको मृत्युको कारण इन्फ्लुएन्जा, श्वासप्रश्वासको संक्रमण र निमोनिया छन् ।

वृद्ध मानिसमा कुनै पनि रोगको संक्रमण भए पनि त्यसबाट निको हुन पनि गाह्रो हुने अध्ययनले देखाएको छ । इन्फ्ुएन्जाको खोप पनि ६५ वर्षभन्दा बढी उमेरका मानिसमा कम प्रभावकारी देखिएको थियो । यस किसिमको खोप स्वस्थ बालबालिकामा भने निकै प्रभावकारी हुने गरेको छ । कम प्रभावकारी भए पनि यस किसिमको खोपले वृद्ध मानिसको मृत्यु तथा बिरामि हुने दरमा पनि कमी आएको छ ।

खानेकुरा र प्रतिरक्षा प्रणाली

प्रतिरक्षा प्रणाली राम्रो हुन मानिसको आहार पनि राम्रो बन्न सक्छ । राम्रो, नियमित पौष्टिक आहारले मानिसको प्रतिरक्षा प्रणाली पनि राम्रो बन्न पुग्छ । वैज्ञानिकहरुका अनुसार गरिबीको रेखामुनि रहेका र पौष्टिक तत्वको अभावको सामना गरेका मानिसमा कुनै संक्रामक रोगसँग लड्नसक्ने क्षमता पनि कम हुन्छ । पौष्टिक आहारमा पाइने जिंक, सेलेनियम, आइरन, फोलिक एसिड र भिटामिनहरुले मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

तनाव र प्रतिरक्षा प्रणाली

मानिसमा लाग्ने धेरै रोगको सम्बन्ध उनीहरुले लिने तनाव निर्भर हुने गरेको छ । मानिसको तनावको कारण पेट दुख्ने, मुटुको रोग लगायतका समस्या लाग्नसक्छ । तनावको र मानिसको प्रतिरक्षा प्रणालीको विषयमा धेरै कुरा पत्ता लाग्न बाँकी छ । तर, मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउन तनाव कम गर्दै जानुपर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

शारीरिक अभ्यास

स्वस्थ जीवनको लागि नियमित अभ्यास सबैभन्दा महत्वपूर्ण आधार हो । यसले मानिसको स्वास्थ्यमा सुधार हुने गरेको छ । नियमित अभ्यासले मानिसको रक्तचाप कम गर्ने, तौल सन्तुलनमा राख्ने र अन्य विभिन्न किसिमको रोगबाट बचाउँछ । नियमित अभ्यासले पनि स्वस्थकर खानाले जस्तै मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न सहयोग पुर्‍याउँछ । (एजेन्सीको सहयोगमा)