३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रधानमन्त्रीको बधाई



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आज आफ्नो कार्यकक्षमा बोलाइ बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।

साथै उहाँले आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशनसमेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।रासस