२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको अन्तिम संस्कारका लागि पैसा नभएपछि आफूले पनि आत्महत्या गरे



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतको झारखण्डमा एक पुरुषले आमाको अन्तिम संस्कारको लागि पैसा जुटाउन नसकेपछि आत्महत्या आत्महत्या गरेका छन् ।

किशन चौधरीको आमाको शुक्रवार मृत्यु भएको थियो । शनिवारसम्म पनि आमाको अन्तिम संस्कारको लागि पैसा जुटाउन नसकेपछि उनले आफ्नै घरको कोठामा झुँडिएर देहत्याग गरेका हुन् । 

आमाको उपचारमा उनीहरुले धेरै पैसा खर्च गर्नु परेको र उनीहरुसँग भएको सबै पैसा सकिसकेपछि ॠण पनि धेरै नै भइसकेको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान थाल्दै किशनको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।