२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारमा मनाङे फेरि पनि विनाविभागीय मन्त्री बने



अ+ अ-

पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्काले सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राजिव गुरुङ (दीपक मनाङे)लाई भने कुनै मन्त्रालयको जिम्मेवारी नदिई विनाविभागीयमा राखिएको छ ।