२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी: मनिष सुमन



अ+ अ-

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ ।

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गर्नुभयो । उहाँले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताउनु भयो । उहाँले आजको बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० गते तोको छ । तनहुँ, चितवन र बारा निर्वाचन गराउने भनेको छ । त्यसको लागि आयोगले निर्धारित गरेको समयभित्र नै जनता समाजवादी पार्टीले दर्ता गराउने निर्णय गरेका छौँ । यही चैत्र २७,२८ र २९ गते तीन दिनको लागि हामीले काठमाडौंमा नै विधान अधिवेशन गर्ने निर्णय गरेका छौँ ।

 

त्यसका लागि विभिन्न जिल्ला लगायतमा रहेका विभिन्न समितिहरुलाई कसरी प्रतिनिधित्व गराउने भन्ने र अधिवेशनलाई व्यवस्थित गर्न रकम चेम्जोङ, विजय यादव र मनिष सुमनको तीन जनाको कार्यदल बनेको छ । अहिलेसम्म जनता समाजवादी पार्टीले बारा २ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । तर हाम्रो पार्टीको निर्देशिकाले क्षेत्रिय समितिले प्रश्ताव गरेको निर्णयलाई हस्ताक्षर गर्नेछौँ । बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ । त्यसमा हाम्रो हक लाग्छ र हाम्रैतर्फबाट हुन्छ ।’

प्रवक्ता सुमनले बैठकले चैत्र २७,२८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि बताउनु भयो ।