२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

एलिना चौहानको उपहार, भोको पेटलाई आहार (फोटो फिचर)

एलिना चौहानको उपहार, भोको पेटलाई आहार (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएकी गायिका हुन् एलिना चौहान। आफ्नो जादुमया आवाजले करोडौं नेपाली दर्शक स्रोताको मन जितेकी एलिनाका सयौं गीत बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू लोकप्रिय छन् ।

पछिल्लो समय उनी सामाजिक कार्यमा पनि अग्रसर देखिएकी छिन् । उनले हालै मात्र चितवनको एक नगरपालिकामा बस्ने गरिब वासिन्दालाई खाद्यान्न सहयोग गरेकी छन्। चितवनको राप्ती नगरपालिका १३ का गरिब परिवारलाई दाल, चामाल, नुन तेल लगायतका खाद्यान्न सहयोग एलिनाले शनिबार उक्त स्थानमै गएर हस्तान्तरण गरेकी हुन् ।

यो सहयोग गर्दै गर्दा उनी निकै खुशी देखिइन् । उनले भनिन्, 'धेरै थाकेको छु तरपनि यो थकान सम्झन्दा आनन्द आउँछ ।' उनले सेयर गरेका फोटोहरुले प्रत्यक्ष भनिरहेको छ मिठो के खानु हुन्छ भन्दा खेरी चामलको भात भन्ने उत्तर आउनेछ । सुन्दा सबैलाई अचम्म लाग्न सक्छ तर उनीले खाद्धयन्न पुय्राउने संकल्प लिएका कारण उनको यही महशुसले गर्दा हो । 

उनले राहतका लागि टिकटक लगायतको सोसल प्लाटफर्ममा जानेबारे सोचेकी थिइन् ।  तर उनलाई धेरैले सहयोग गर्ने बाचा गरको उनले बताइन् ।  सोचेको भन्दा धेरै आर्थीक सहयो गर्नु भयो, उनले भनिन् । 

उनले चितवन जिल्लाका बारेमा समाचार पढेकी थिइन र त्यहाँको अवस्था बारे जान्नको लागि उनले इच्छुक राख्दै त्यहाँको मेयरसँग कुरा गरिन् ।  त्यो गाउँमा पुगेपछि उनले थाहा पाइन् मिहेनत गरेपनि वर्षभरी खान नपुग्ने रहेछ । धानको चामलको त परको कुरो मकैको पिठो, कोदोको ढिडो खान नपाएर गिठ्ठा भ्याकुर, चिउरी, टाँकि, सिस्नो खाई जिवन गुजार्दो रहेछन् । शरिर ढाक्ने लुगा लगाउँन पाउँदो रहेनछन् । 

८(१० घण्टा टाढाबाट खाध्यान्न लिन आएको कुरा थाहा भयो एलिनालाई । यति सम्मकि चामल बाँड्दैछन् भन्ने सुनेपछि चामल बाँड्ने मान्छेहरु कस्ता हुन्छन् भन्दै हेर्न आएको कुरापनि उनल सुनिन् । उनी आफैले महशुस गरिन् धेरै कठिन परीश्रमले गाडस् त्यहाँ सम्म पुग्दो रहेछ । धेरैको घर जान खोज्यौ तर सपनामापनि त्यो सम्भव देखिएन किनकि एकबाट अर्को घर जाँन १०(१५ देखि घण्टौ लाग्ने रहेछ । उनले भनिन् । तलबाट सोध्दा माथि टुप्पोको घर देखाउँदै त्यहाँबाट आएको भन्दै थिए धेरै । उनीहरुले दिएको सहयोग लिएर भारी बोकेर त्यही पुग्नु पर्ने कोही त रातको १२ बजे तिर पुग्छौँ भन्दै थिए ।

उनीहरुलाई कसले के दिदैँ छ भन्ने कुरा अज्ञान छन् । उनीहरु केहि दिनको लागि मिठो खान पाउँदै छौँ भन्ने बारेमा मात्र ज्ञात थियो । त्यहाँ यो भन्दा अगाडी कोही पनि सहयोग लिएर नआएको कुरापनि त्यहाबाट थाहा पाएपछि उनलाई दुख लागेको थियो । तर उनले २५० वटा घरलाई सहयोग दिन पाउँदा खाफु धेरै नै खुशी भएको बताएकी छन् ।