२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठका वडाध्यक्ष पक्राउ



अ+ अ-

काठमाडौं । सडक निर्माण अलपत्र परेको भन्दै सडक विभाग तालाबन्दी गर्न पुगेका वडाध्यक्ष पक्राउ परेका छन् । काठमाडौं बूढानीलकण्ठ–१२ वडाअध्यक्ष शम्भु भट्टराईसहित स्थानीयवासी पक्राउ परेका हुन्। 

अलपत्र परेको तेन्जिंग चोक–खरिबोट सडक नबनाइएपछि बबरमहलस्थित सडक विभागमा  तालाबन्दी गर्न पुगेका वडाध्यक्षसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको हो ।

वर्षौंदेखि निर्माण रोकिएर ठेकेदार नै सम्पर्कमा नआएको भन्दै पटकपटक सम्पर्क गर्दा पनि कुनै सुनुवजाइ नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अध्यक्ष भट्टराईले बताए । पक्राउ परेकाहरूलाई अहिले तिनकुने प्रहरी कार्यालय लगिएको छ ।