• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नायिका वर्षाको व्यस्तता के मा ? जान्नुहोस्



काठमाडौं । नायिका वर्षा सिवाकोटीले सिन्धुपालचोकका जनताको लागि अभियान सुरु गरेकी छन् । उनीहरुको पिडामा मल्हम लगाउने काम सुरु गरेकी हुन् ।

हेलम्बु, मेलम्ची र चनौटे बजार लगायतका स्थानमा आइपरेको प्राकृतिक विपत्तीको असर अबको एकदशकसम्म भोग्ने निश्चित भएको उनले बताइन् । त्यसैले उनले कलाकार हुनुको नाताले त्यहाँका वासिन्दाका लागि केहि गर्न सकिन्छ कि भनेर अग्रसरता देखाएकी छन् । 

उनको यो कार्यलाई सफल बनाउनका लागि देश तथा विदेशबाट धेरै जनाले सहयोग गर्नुभएको बताएकी छन् । उनले भनिन्, "यो सहयोगलाई पारदर्शी ढंगले सहि क्षेत्रमा लगानी गर्नु मेरो कर्तव्य हो ।" 

सिन्धुपाल्चोकका बालबालिकाको शैक्षिक सत्र बिथोलिएका कारण उनले ती बालबालिकाका लागि केही गर्ने योजना गरेको बताएकी छन् । उनले भनिन् पहिले कोभिडका कारण अनि त्यसपछि लगातार बाढीले उनीहरुको भविष्य अन्धकार बनाइदिएको छ । त्यसैले उनीहरुको भविष्य सुरक्षित बनाउनका लागि उनी केही योजनामा जुटेको जानकारी दिएकी छन् । यस कार्यलाई सफल बनाउनका लागि उनी व्यस्त भएकी छन् ।