५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय वरियतामा नेपालको सुधार



अ+ अ-

काठमाडौँ । एकदिवसीय अन्तराष्ट्रिय वरियतामा नेपालले सुधार गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)द्वारा बुधबार सार्वजनिक भएको वरियतामा नेपालले एक स्थान सुधार गरेको हो ।

यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १५ औं स्थानमा उक्लिएको छ ।

ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो ।नेपाल भन्दा पछाडी ओमान, नामिबिया,अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्रतर्फ स्कटल्याण्ड १२ औं स्थानसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

वरियताको शीर्ष स्थानमा भने भारत रहेको छ । यसैगरी दोस्रो स्थानमा अष्ट्रेलिया, तेस्रोमा न्युजिल्यान्ड चौथौमा इंग्ल्यान्ड रहँदा पाँचौं स्थानमा पाकिस्तान रहेको छ ।