१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश सरकारले रामजानकी रंगशालामा दुई अर्ब लगानी गर्ने



अ+ अ-

जनकपुरधाम । मधेश सरकारले जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिने भएको छ ।

प्रदेश सरकारले यसका लागि दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधार जनकपुर उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधीन उक्त रंगशालाको स्थलगत निरीक्षण गर्दै उक्त घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री यादवका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएको बेला घोषाणा गरेको एक अर्ब र मधेश प्रदेश सरकारले थप एक अर्ब गरी रु दुई अर्ब लगानी गरी रंगशालालाई पूर्णता दिइनेछ ।

उहाँले रंगशालालाई मुलुककै सुविधासम्पन्न बनाइने र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०७४ सालमा तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न रंगशाला बनाउने बताएको थियो । सो प्रयोजनका लागि उसले लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि गुठी संस्थानसँग भाडामा लिएको थियो ।

राखेपले त्यतिबेला उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियमका साथै बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर निर्माण गर्ने भनेको थियो तर अहिलेसम्म कुनै काम भएका छैनन् ।