२२ असार २०८३, सोमबार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखका वकिललाई १ घण्टा भन्दा समय दिँदैनौं : महान्यायाधिवक्ता



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षका कानुन व्यवसायीलाई बहस गर्न डेढ घण्टा समय पाउने भएका छन् । संवैधानिक इजलासले विपक्षीलाई बहसका लागि १५ घण्टा समय छुट्याएको थियो भने सभामुख सापकोटा पक्षका कानुन व्यवसायीलाई डेढ घण्टा समय पाउने भएका हुन्। रिट निवेदनमा सभामुखलाई पनि विपक्षी बनाइएको छ ।

महान्यायाधिवक्ता रमेश बडालले सभामुखका वकिललाई एक घण्टा भन्दा बढी समय दिन नसकिने बताए ।  ‘सभामुखले रिट निवेदन जारी हुनुपर्छ भन्नुभएको रहेछ । त्यसैले उहाँ पक्ष हो, एक घण्टा दिउँला भनेको मान्नुभएन’ उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आवश्यक परेमा आधा घण्टा समय थप गरिदिने बताए । प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट आइतबार बहस सकिएको छ ।