४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१७ साफ च्याम्पियनसिप: नेपाल र भुटान खेल्दै



अ+ अ-

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकाको ७ बजेबाट सुरु हुनेछ ।

नेपाल आजको खेलमा भुटानलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ ले पराजित भएको थियो ।

भुटानलाई पहिलो खेलमा बंगलादेशले ८-१ गोल अन्तरले हराएको थियो ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।