१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनका लागि आजबाट दल दर्ता शुरु



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आजबाट उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।

वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको लागि चैत ८ देखि चैत १२ गतेसम्मको समय सीमा तोकेर आयोगले आजबाट दल दर्ता सुरु गरेको हो ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुदैँछ । गत मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित भएका थिए । तर लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो ।

यसैगरी, तनहुँ–१ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुवै ठाउँमा पदरिक्त भएको थियो । सोही रिक्त स्थानमा पदपूर्तिका लागि निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो ।

 




भर्खरै