७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कपः नेपालले आज लाओससँग खेल्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत नेपालले आज बुधबार लाओससँग प्रतिस्पर्धा गर्दैछ । आजदेखि सुरु हुने फुटबल प्रतियोगिताको घरेलु टोली नेपाल र लाओसबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंशालामा साँझ ६ बजे सुरु हुनेछ ।

प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस प्रतियोगिता खेल्न नेपाली टोली तयारी अवस्थामा रहेको बताएका छन् । उनको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्न लागेको हो । प्रशिक्षक एनेसले छोटो समयमा नै नेपाली टिम तयार गरेको भन्दै चुनौतीका साथ आफनो टोली खेल्न तयार रहेको बताए ।

त्यस्तै नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले उक्त प्रतियोगिताका लागि छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न आफनो टोली तयार रहेको बताए । उनले राष्ट्रका लागि राम्रो नतिजा ल्याउने उद्देश्यका साथ मैदानमा उत्रनेसमेत बताए ।

नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।

यस्तै, चैत ११ गते भुटान र लाओस भिड्ने छन् भने चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ ।

प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ ।