१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

सम्झनामा डा तारानाथः निर्भिक र विराट प्रतिभा

सम्झनामा डा तारानाथः निर्भिक र विराट प्रतिभा
अ अ+ अ-

काठमाडौँ । लेखानीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्याकारका विराट प्रतिभा डा तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ ।  बहुआयामिक र निर्भिक व्यक्तित्व डा शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषाका प्रखर विद्वान् हुनुहुन्थ्यो । उहाँको भौतिक शरीर हामीमाझ आजदेखि रहेन । अब उहाँका कृतित्व र व्यक्तित्व सम्पत्तिका रुपमा रहन पुगेका छन् ।

समालोचक एवं साहित्यिक अग्रजले डा शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँका कृतित्व र व्यक्तित्व बहुआयामिक भएकाले उहाँको योगदान अन्य कुनै स्रष्टासँगका योगदानभन्दा पृथक भएको बताउनुभएको छ । वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले रासससँगको कुराकानीमा डा शर्मालाई संक्षेपामा सम्झँदै भन्नुभयो, “उहाँ प्रखर मान्छे हुनुहुन्थ्यो । लागेको कुरा बोल्न र विश्लेषण गर्न सक्ने स्वभावका धुरन्धर विद्वान् हुनुहुन्थ्यो । प्रगतिशील साहित्यका क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ ।”

 संस्कृतिविद् प्रश्रितले डा शर्मामा हरेक विषयमा अध्ययन गहिरो हुने भएकाले कुनै अभिव्यक्ति दिनुपर्दा लुकाएर र छिपाएर नभई खरोरुपमा  प्रस्तुत गर्ने स्वभाव पाइने स्मरण गर्नुभयो । वरिष्ठ साहित्यकार एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले डा शर्मा आफ्नो समयका बाघ भएको र उहाँ एक प्रकारले नेपाली समालोचना र निबन्धको सन्दर्भमा परम्परा र प्रचलित मान्यताभन्जक मानिने टिप्पणी गर्नुभयो । “नेपाली समालोचना विधालाई नयाँ मोड र आकार दिनेमध्येका उनी अगुवा थिए । केही आफ्नो अध्ययन र दृढ निजी विचारका कारण जति नै आलोचित भए पनि उहाँले  जतिबेला जे उचित ठाने, स्पष्ट बोले, स्पष्ट लेखे । यद्यपि उहाँले स्वयं आफ्नै मान्यता खण्डित गर्नु परेका उदाहरण पनि उल्लेख गर्ने गरिन्छ”, साहित्यकार श्यामलले भन्नुभयो, “शर्माले निजात्मक शैलीमा उत्कृष्ट निबन्ध दिए, यात्रा निबन्धलाई उहाँले उचाईमा पु¥याए । निर्भिकता उहाँको लेखनको सबैभन्दा महत्वपूर्ण गुण थियो । आकर्षक भाषा र विशिष्ट शैलीका कारण उहाँले हामीलाई आफनो विशिष्ट अभिव्यक्ति कौशल देखाएका छन् ।” 

मूल रुपमा उहाँलाई देवकोटा र शङ्कर लामिछानेको शैली र परम्पराबाट उठेर फरक निजात्मक नेपाली निबन्धको श्रीगणेश गर्ने श्रेय जान्छ भन्दै साहित्यकार श्यामलले अनुज पुस्ताका प्रेरक रहिआएका उहाँ प्रतिभाको पहिचान र कदर गर्न सक्ने दरो मुटु भएका समालोचक थिए । उहाँको निधनले नेपाली साहित्यको यस्ता निर्भिक तर विराट प्रतिभाको अस्त भएको अनुभव हुन्छ बताउनुभयो । प्रतिभाविहीन लेखनदासलाई डा शर्माले कहिल्यै लेखक नमान्ने र ठीक बेठीकको निर्णय दिन नसक्ने समालोचकलाई शर्माले समालोचक नमानेको साहित्यकार श्यामलको बुझाइ छ ।

त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमले डा शर्मा साहित्यका सबै विधामा अब्बल रहनुभएको मूल्याङ्कन गर्दै नियात्रादेखि भाषा अभियान मात्र नभएर कथा लेखनमा पनि उहाँको सशक्त र मौलिक पहिचानको प्रशंसा गर्नुभयो । त्रिवि नेपाली विषय समितिका  सदस्य डा गौतमले भन्नुभयो, “मेरो जागीरे जीवनको सुरुआत डा शर्माको लेखनी रहेको कक्षा ८, ९ र १० को पाठ्यक्रममा समावेश ‘महेन्द्रमाला’ नेपाली विषय पढाएर भएको हो । त्यस प्रकारको विशिष्ठ र मर्मज्ञखालको पाठ्यपुस्तक त्यसपछि मैले कुनै पनि पाएको छैन । उहाँमा बालबालिकाले कस्तो रुचाउँछन् र उनीहरुलाई कसरी शिक्षा दिनुपर्छ भन्ने राम्रो ज्ञान थियो ।”

 डा गौतमले आफू महासचिव रहेको मानव नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सल्लाहकार रहेका र भाषाप्रतिको डा शर्माले दर्शाउनुभएको असाध्यै गहिरो प्रेमको पनि स्मरण गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानले शर्माको निधनबाट भरपर्दा र उच्च बौद्धिक अभिभावक गुमाउनुपरेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा डा शर्माका कृतिहरु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, आत्मगौरव, स्वाभिमान, विश्व मानवताका सन्देशयुक्त भएको जनाएको छ ।

इलामको सूर्योदयन नगरपालिका–९, बरबोटमा विसं १९९१ असार ९ गते जन्मनुभएका डा शर्माको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । झर्रोवादी आन्दोलनका अगुवा डा शर्मा उहाँ मधुमेह र बिर्सने रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको कृति ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार तथा ‘सम र समका कृति’ले २०२९ सालमा साझा पुरस्कार पाएको थियो भने उहाँले २०२३ सालमा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाउनुभएको थियो । प्रकाश सिलवाल/रासस