२२ असार २०८३, सोमबार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रोएशियाका पेरिसिचलाई कोरोना संक्रमण, स्पेनविरुद्धको खेल गुमाउने



अ+ अ-

एजेन्सी । क्रोएसिया फुटबल टिमका फरवार्ड इभान पेरिसिचले युरोकप २०२० अन्तिम १६ अन्तर्गत स्पेनविरुद्धको खेल गुमाउने भएका छन्।

कोरोना पोजेटिभ देखिएपछि ३२ वर्षीय पेरिसिचले नकआउट चरणको खेल गुमाउने भएका हुन् । 

युरोकप अन्तर्गत क्रोएसियाले सोमबार स्पेनसँग खेल्दैछ । पेरिसिच अब १० दिन सेल्फ आइसोलेसनमा बस्नेछन् । 

समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ गोलले पराजित गर्दा पेरिसिचले पनि गोल गरेका थिए । यद्यपि क्रोएसियाका अन्य सबै खेलाडी र अफिसियलको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।