२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा परि दुईको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

डोल्पा । यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ ।

मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाइ छ ।

त्यसैगरि तल्लो डोल्पामै पर्ने जगदुल्ला गाउँपालिकामा ट्रयाक्टरको ट्रलीले च्यापेर सहचालकको मृत्यु भएको छ । सोही गाउँपालिकामा पर्ने चौरीकोटबाट माझगाउँतर्फ खाद्यान्नलगायतर्फ सामान लैजाने क्रममा ट्रयाक्टरको ट्रली बिग्रिएर बेरिङ्ग फेर्ने क्रममा जग भाँचिन गई च्यापिएर सोही गाउँपालिका वडा नं ६ गैरीगाउँ बस्ने १९ वर्षीया केरसिंह विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । चालक फरार रहेकाले खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । रासस