२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कांग्रेसले बनायो झण्डै ८ लाख २० हजार क्रियाशिल सदस्य

कांग्रेसले बनायो झण्डै ८ लाख २० हजार क्रियाशिल सदस्य
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पुर्वनिर्धारित समय भित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरि क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ । 

नेपाली कांग्रेसको पार्टीभित्रकोे आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता वितरणकार्य सबै जिल्लामा सुरु भईसकेकाले समयमै टुंगो लगाएर वडा देखि केन्द्रसम्मको सबै अधिवेशन समय भित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिनुभयो । आईतबार बसेको पार्टीको पदाधिकारी र पुर्व पदाधिकारीहरु सम्मिलित बैठक कार्यतालिका अनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रीत भएर छलफल अघि बढेको उहाँले जानकारी दिनुभयो । पार्टीको वडा देखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पुर्व सर्तको रुपमा रहेका क्रियाशिल सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उहाँले बताउनुभयो । बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक समेत रहेका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशिल सदस्यताको नविकरण र नया इन्ट्री पनि भईसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिनुभयो ।

पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बद्रियामा पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामोसमयसम्म समायोजन सम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । ती सबै जिल्लामा अहिले क्रियाशिल सदस्यता वितरणको काम भईरहेको नेता लेखकले जानकारी दिनुभयो । नेता खरेलले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडा देखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरि क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।

नेता लेखकले भन्नुभयो “झण्डै ८ लाख २० हजार क्रियाशिल सदस्यताको इन्ट्रि भईसकेको छ । अधिकांश स्थानको सदस्यता वेभसाईटमा सार्वजनिक भईसकेको छ । प्राप्त उजुरी र गुनासामाथि छलफल भईरहेको छ । केही कुरामा समान धारणा बन्न नसकेकाले ती विषयमा पदाधिकारी र पुर्व पदाधिकारीसंग छलफल गरेर समाधान धारणा बनाउने प्रयास भईरहेको छ । नेपाली कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडा देखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन त्यही तालिकामा हुने गरि क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने कुरामा अगाडि बढेका छौ । त्यो हामी सम्पन्न गर्छौ भन्ने म विश्वास दिलाउन चाहन्छु । ”

नेता लेखकका अनुसार २ जिल्ला बाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरु आएका छन् । ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउदै लगिएको उहाँले बताउनुभयो । क्रियाशिल सदस्यहरु नै मतदाता पनि भएकाले महाधिवेशनको पुर्वसन्धयामा क्रियाशिल सदस्यताको विषय टुंगो लगाउने कार्य जटिल भएको नेता लेखकले बताउनुभयो ।