२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन



अ+ अ-

काठमाडौं । आर्थिक बर्ष २०७७.७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । 

यस आर्थिक बर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । सो क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले बताउनुभयो । अठारौ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको पुर्व सन्ध्यामा कृषि विभागले आईतबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षको धानको उत्पादनको सम्बन्धमा बताएको हो । विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा १ प्रतिशत र धान उत्पादनमा १ दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ । निमित्त महानिर्देशक पण्डितले आगामी दिनमा धान बालीको उत्पादकत्व वृद्धिको दरलाई अझै फराकीलो र दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरु रहेको उहाँले बताउनुभयो । पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत वृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो ।

हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइने गरिएको छ । यस वर्ष ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ धान दिवस मनाइने निमित्त महानिर्देशक पण्डितले बताउनुभयो ।